दार्चुलालगायत सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । डोटीमा भूकम्पको धक्कापछि स्थानीयको भागाभाग भएको छ ।
गत मङ्गलवार राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ६ जनाको ज्यान गएको थियो ।भूकम्पको क्षतिबारे भने थप जानकारी आउन बाँकी रहेको जनाइएको छ ।