फेसन माेड र सेफुङ कलेक्सनको आयोजना, कमिकोस क्याफेको विशेष सहयोग र अन्य पाँच संस्थाको प्रायोजन रहेको कार्यक्रम इटहरी–६ मा रहेको किरात राई यायोख्खाको तायारिप्ची बहुउद्देश्यीय भवनमा आयोजना गरिएको थियो ।
जापानिज एनिमेका पात्रहरुको पहिरन लगाएर फेस्टिबलमा उपस्थित भएका सहभागीहरु कस्प्ले, फोटोसुट, एनिमे हाजिरीजवाफ, सांगीतिक प्रस्तुती लगायत गतिविधिहरुमा सहभागी भएका थिए ।एनिमेलाई सामान्य भाषामा जापानबाट उत्पन्न भएको हातले कोरिएका वा कम्प्युटरद्वारा निर्मित एनिमेसन भन्ने बुझिन्छ । यस्ता एनिमेसनले कुनै निश्चित पात्रहरु मार्फत कथा भन्ने गर्छ । चित्रसहितको पुस्तक, फोटोसहितको भिडियो र एनिमेटेड भिडियो एनिमे विश्वभरी निकै चर्चित छ । ड्रागन बल, नारुटो, वान पिस, डेथनोट, पोकिमोन विश्वचर्चित एनिमेहरु हुन् ।
कार्यक्रम भव्य भएको जानकारी दिँदै आयोजक एवम् फेसन मोडका सञ्चालक दिपेन लिम्बूले साथ दिने सबै सहभागी र प्रायोजकलाई धन्यवाद दिए ।यस्तै, कार्यक्रमका सह–आयोजक सेफुङ कलेक्सनका सञ्चालकद्वय सेसेमा लिम्बू र नुमा राईले उपस्थित हुने सबैलाई धन्यवाद ज्ञापन गर्दै अर्काे संस्करण अझै भव्य बनाउने वाचा गरे ।
फेस्टिबलमा सबै उमेर समूहको सहभागी भएता पनि किशोरकिशोरीको संख्या उल्लेखनीय थियो ।
प्रदेश नं १ का झापा, मोरङ, सुनसरी जिल्ला साथै काठमाडौं र अन्य जिल्लाका पाँच सय बढी मानिस फेस्टिबलमा सहभागी भएका थिए ।
तस्बिरहरू