काठमाडौं । संयुक्त राष्ट्र संघले नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने अनुमान गरेको छ। सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ ।

यो प्रक्षेपण यस वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको ‘राष्ट्रसंघीय जनसंख्या सम्भाव्यता २०२२’ मा खुलासा गरिएको थियो तर अनुमानित समयसीमा केही दिनमात्र बाँकी रहेकाले अहिले यो प्रक्षेपण भइरहेको छ ।

सन् १९५० पछि पहिलो पटक सन् २०२० मा विश्वव्यापी जनसंख्या वृद्धि एक प्रतिशतभन्दा तल झरेको समाचार एजेन्सीले जनाएका छन् ।

प्रतिवेदनले सन् २०५० सम्ममा अनुमानित जनसंख्या वृद्धिको आधाभन्दा बढी कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा मात्र केन्द्रित हुने उल्लेख गरेको छ ।

हालैको संयुक्त राष्ट्रसंघको अनुमानअनुसार विश्वको जनसंख्या सन् २०३० मा करिब ८.५ अर्ब, २०५० मा ९.७ अर्ब र त्यसपछि २०८० को दशकमा १०.४ अर्ब पुग्ने र सन् २१०० सम्म त्यो स्तरमा रहने अनुमान गरिएको छ ।
3
Shares
२६ कार्तिक २०७९, शनिबार १५:३९