गगन नुनिया
विराटनगर । ‘लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ ले विराटनगरमा शनिबार १२औँ वार्षिक साधारण सभा आयोजना गरेको छ ।
२०६८ जेठ ३० गते ६ लाख ८० हजार पूँजीबाट संस्था सुरु भएको अध्यक्ष प्रमोदकुमार शाहले जनाए ।
त्यसयता संस्थाको कारोबार बृद्धि भएर हाल १ करोड ११ लाख २८ हजार ३०० पुगेको उनले बताए । समग्रमा १६ करोड ९३ लाख ५६ हजारको कारोबार संस्थाले गरेको छ ।
स्थीर सम्पत्तिका रुपमा घर–जग्गा गरेर करिब ४७ लाख ४ हजार रहेको लेखा सयोजक सञ्जीवकुमार साहले जानकारी दिए । १ देखि ९ वर्ष सम्मका लागि ऋणमा अधिकतम ९ लाखसम्म दिन सकिने साहको भनाइ छ ।
आर्थिक वर्ष ५४ लाख २४ हजारको नाफा गरेको सहकारीले कृषि, व्यापार, शैक्षिक, आकस्मिक कर्जा दिने गरेको छ ।
अहिले २ हजार ४ सय ५४ जना सेयर सदस्य रहेको सहकारीमा २३ जना कर्मजारी छन् । विराटनगर, जहदा र सुनसरीको बर्जुमा सहकारीले आफ्नो कार्यक्षेत्र बनाएको छ ।
सदस्य संख्या बृद्धि गदै जाने र संस्थाको शेयर पूँजी र बचतको बृद्धि गर्ने लक्ष्य रहेको वार्षिक प्रतिवेदनमा उलेख गरिएको छ ।
सभामा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल प्रमुख अतिथिका रुपमा आफनो सहभागी थिए ।
(प्रशिक्षार्थी)