-गुगल नक्सा
विराटनगर । अस्ट्रेलियामा विगत दुई सातामा ५ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ विद्यार्थी र २ जना अभिभावक छन् ।
न्यु साउथ वेल्स राज्यको सिड्नीमा २ जना विद्यार्थीको मृत्यु भएको हो। एकजना अभिभावकको मृत्यु भएको हो । यसैगरी क्विन्सल्याडमा एक विद्यार्थी तथा एक अभिभावकले ज्यान गुमाएका छन् ।
एनआरएनए न्यु साउथ वेल्सका संयोजक देब गुरुङका अनुसार करिब २ महिनाअघि आएका २३ वर्षीय युवाको केही दिनअघि १२ तले भवनबाट खसेर मृत्यु भएको थियो ।
यस्तै, गत सोमबार सिड्नीस्थित ह्यारिस पार्कमा करिब १९ वर्षीय युवतीको ट्रेन स्टेसनमा मृत्यु भएको थियो । उनीहरु उच्चशिक्षा अध्ययनका लागि करिब २ महिनाअघि मात्र अस्ट्रेलिया पुगेको जनाइएको छ ।