काठमाडौंमा राप्रपाले शुक्रबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरु माथि डोजर चलाउने इच्छा रहेको उनको भनाइ थियो ।एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने पनि उनले बताए ।
अध्यक्ष लिङदेनले पुराना दलहरुलाई फेरि पनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे । उनले काँग्रेस र कम्युनिष्ट मतदाताहरुलाई आफ्नो पार्टी नछाडे पनि मत भने राप्रपालाई दिन आग्रह गरे ।काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने उनले बताए ।