इटहरी । स्रष्टा निरज कोइरालाको लघुकथा संग्रह ‘बाको फोटो’ शुक्रबार लोकार्पण गरिएको छ । विश्व आदर्श कलेज इटहरीमा अच्छा राई रसिक प्रतिष्ठानको आयोजनामा कृति लोकार्पण गरिएको हो ।
विश्लेषक डा. खेमराज खनालले समाजका विविध क्षेत्र समेटिएको ‘बाको फोटो’ ले भाषा, संस्कृति, प्रकृति, वातावरण, शिक्षा, राजनीति, समाज लगायतको यथार्थ केलाएर आदर्श समाजको परिकल्पना गरेको बताए ।
लघुकथा सङ्ग्रह उम्दा रहेको अर्का वक्ता अग्रज लघुकथाकार सरन राईले बताए । विश्लेषक रमेन्द्र कोइरालाले इटहरीमा कविता गोष्ठी, मुक्तक विमोचन तथा गजल महफिलहरु प्रशस्त हुँदै गएकोमा लघुकथाको मियो गाडिएको बताए ।
झोराहाट नाट्य समूह अध्यक्ष भरत गुरागाइँ बर्बरिक, विशिष्ठ अतिथि द्वय डा. रमेश घिमिरे र इटहरी कला साहित्य उत्थान समूह अध्यक्ष कृष्णविनोद लम्साल लगायतले शुभकामना दिएका थिए ।
लघुकथाकार डा. खेमराज खनाल र सरन राईले कृतिबारे चर्चा गरेका थिए । कार्यक्रममा सर्जकहरु रमेन्द्रमुनि कोइराला, विष्णु भण्डारी आचार्य, अनु विज्ञाति, सीता रेग्मी, रोशन पराजुली, शारदा दहाल भण्डारी, श्रीप्रसाद पोख्रेल, कृष्ण गौतमलगायतको उपस्थिति थियो ।
इटहरी, धरान, इनरुवा, बेलवारी, सुन्दर हरैचा, बिराटनगर, झोडाहाट, धनकुटा, भोजपुर तथा रामधुनी लगायतका स्थानबाट आएका सर्जकहरु कार्यक्रममा सहभागी थिए ।
टीका आत्रेय, बर्बरिक, इटहरी बौद्धिक समाज सदस्य डा. तारा निरौला, डियर कल्याण साहित्य प्रतिष्ठान अध्यक्ष विनोद विवश, सिर्जनामा इनरुवा अध्यक्ष लीलानाथ सिलवाल, मुक्ति पोख्रेल, रोहिणी रसिक, सिर्जना नेपाल, बिष्णु भण्डारीलगायतको पनि सहभागिता थियो ।
प्रतिष्ठान अध्यक्ष प्राध्यापक लेखनाथ घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रा. डा. टङ्क न्यौपाने प्रमुख अतिथिका रुपमा सहभागी थिए । उपाध्यक्ष केशव सुनामले स्वागत गरेका थिए