जीवन नदी
डुबे हजार सारा
यो विशाल नदीमा
थिए प्यासी म पनि,
परेँछु भुमरीमा !

चकनाचुर भयो डुंगा,
म भए अचेत
छु भनौँ भने शून्य छ,
छैनौं भनुँ भने
बाँकी छ अवशेष !

न देखिन्छ चोट शरीरमा,
न शब्द नै छ बोल्ने
मरीसक्यो आत्मा,
कहाँ देख्नु जीवन !

मौन भई निस्कनु छ
मिठा स्वप्न बुनेर
य‍ो विशाल नदी तरौंला
पुनर्जन्म लिएर !!

–इटहरी, सुनसरी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु