पतिको उपचारका लागि सहयोगको अपिल गर्दै अनारवती चौधरी (दायाँ)
सतिसकुमार राजवंशी
विराटनगर । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सुतिहार सिकिस्त बिरामी छन् । घरको ऋण र अवस्थाले गर्दा तत्कालै फर्कनु नपरे हुन्थ्यो भन्ने अवस्था भए पनि उनलाई कम्पनीले घर फर्कने आदेश दिएको थियो ।
मृगौला बिग्रिएका कारण उनी बिरामी परेपछि स्वदेश फर्कनुपर्ने बाध्यता भएको हो । फर्किएपछि उनले आफ्नो उपचार गराउन सुरु गरेका थिए । उपचारका क्रममा एक कठ्ठा जग्गा राखेर ऋण लिएका छन् ।
विराटननगरस्थित नोबेल र गोल्डेन अस्पतालमा ६ महिना उपचारपछि पनि स्वास्थमा कुनै सुधार नभएपछि उनी भारतको एम्स अस्पतालसम्म पुगेका छन् ।
त्यहाँ उनको स्वास्थ अवस्था अझ गम्भीर भएर घर फर्किएका थिए । श्रीमती अनारवती चौधरीले श्रीमानको उपचारका लागि काठमाडौंको वीर अस्पतालमा भर्ना गराएको बताइन् ।
७ महिनाको डाइलासिसपछि डाक्टरले मृगौला प्रत्यारोपण नगरे राकेशलाई बचाउन नसकिने भनेका छन् । उपचार र प्रत्यारोपणका लागि परिवारसँग पैसा छैन । त्यसैले सहयोगीको खोजीमा लागेका छन् ।
रमेशलाई मृगौला प्रत्यारोपणका लागि सहयोगगर्न चाहनेले अनारवती कुमारी चौधरीको सनराइज बैंक लिमिटेडमा रहेको ०४०१०३२८२१८०११ नम्बरमा रकम जम्मा गरिदिन सकिने छ । सहयोग गर्न चाहनेले ९८२४३३६९६६ मा सम्पर्क गर्न सकिने चौधरीले अनुरोध गरेकी छन् ।
(प्रशिक्षार्थी)