विराटनगर । इलामको देउमाई नगरपालिका–२ मा अरिङ्गालले टोकेर बुधबार साँझ एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।
अरिङ्गालले टोकेर देउमाई–२ का ६७ वर्षीय दलबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलमा घाँस काट्न गएका बेला उनलाई अरिङ्गालले टोकेको थियो ।
गम्भीर बिरामी परेका राईलाई उपचारका लागि झापाका बिर्तामोडस्थित बिर्तासीटी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।