नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् । सेनु वर्षा ओलीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो ।
यो जितसँगै नेपालले ३ खेलमा पराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । भुटान अंकविहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानले ४ खेलमै हार व्यहोर्यो । आयोजक बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।अब नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ । उक्त खेल फाइनलसरह हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ ।