काठमाडौं । अमेरिकामा भएको मध्यावधि चुनावमा सहभागी भएका नेपाली मूलका दुईजनाले विजय प्राप्त गरेका छन् । दुवैजना डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए ।

त्यहाँको मेरिल्याण्ड र न्यूर्योक राज्यको संसदमा नेपाली मूलका उम्मेदवार विजयी बनेका हुन् ।

मेरिल्याण्डको डिस्ट्रिक ८ बाट राज्यको जनरल एसेम्बलीमा डा. ह्यारी भण्डारी निर्वाचित भएका हुन् । उनी दोस्रो कार्यकालका लागि राज्य सांसदका रूपमा निर्वाचित भएका हुन् ।

यस्तै, न्यूर्योकको राज्य संसदमा नेपाली मूलकी अमेरिकी सरहाना श्रेष्ठ निर्वाचित भएकी छन् ।

उनी न्यूयोर्कको डिस्ट्रिक १०३ बाट राज्य संसदका लागि निर्वाचित भएकी हुन् । भण्डारी र श्रेष्ठ दुवै डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए।

अमेरिकामा मध्यावधि चुनाव अन्तर्गत मंगलबार मतदान भएको हो। संघीय माथिल्लो सदन सिनेट, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभसँगै विभिन्न राज्यका गभर्नर तथा राज्य संसदका लागि चुनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु