काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेकाे छ ।
मंगलबारकाे तुलनामा बुधबार सुनकाे मूल्य ताेलामा एक हजार ४०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
साेमबारकाे तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।