सिड्नी क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार दिउँसाे पाैने दुई बजे सुरु हुनेछ ।
विश्वकपअन्तगर्त सुपर १२ काे समूह ‘ए’काे विजेता न्यूजिल्यान्ड समूह ‘बी’काे उप-विजेता पाकिस्तानलाई पाखा लगाउँदै फाइनलमा आफ्नाे स्थान सुरक्षित गर्न चाहन्छ ।समूह चरणका पाँचमध्ये तीन खेलमा जित, एक नतिजाविहीन र एक हारसहितकाे नतिजा आत्मसाथ गरेकाे न्यूजिल्यान्डले पछिल्लाे समय फर्ममा देखिएकाे पाकिस्तानलाई हराउनु फलामकाे चिउरा चपाउनु सरह हुनेछ ।
पाकिस्तान पछिल्लाे तीन खेल यता निकै फर्ममा देखिएकाे छ । ओपनर जाेडीले विश्वकपमा प्रदर्शन गर्न नसके पनि पाकिस्तानकाे मिडल र लाेअर अर्डरका ब्याटरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।पहिलाे खेलमा भारत र दाेस्राे खेलमा जिम्बाब्वेसँग हार भाेग्दै सेमिफाइनलबाट लगभग बाहिरिएकाे पाकिस्तानलाई भाग्यले साथ दिएकाे थियाे ।
सेमिफाइनलकाे दाबेदार दक्षिण अफ्रिका एसाेसिएट राष्ट्र नेदरल्यान्ड्ससँग अप्रत्याशित हार भाेग्दै बाहिरिएपछि उच्च मनाेबलमा देखिएकाे पाकिस्तानले समूह चरणकाे आफ्नाे अन्तिम खेलमा बंगलादेशलाई पाँच विकेटले पाखा लगाउँदै न्यूजिल्यान्डसँग सेमिफाइनल भेट निश्चित गरेकाे थियाे ।
पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । पाकिस्तान भने २००९ पछि पहिलो पटक फाइनल पुग्न चाहन्छ ।
एकअर्कासँग निकै परिचित यी दुई राष्ट्र टी२०आईमा २८ पटक आमनेसामने भएका छन् । २८ भेटमा पाकिस्तान १७ र न्यूजिल्यान्ड ११ खेलमा विजयी भएका छन् ।
यी दुईबीचकाे पछिल्ला पाँच भेटमा पाकिस्तान हाबी भएको देखिन्छ। पाकिस्तान चार खेलमा विजयी हुदाँ न्यूजिल्यान्डले एक खेल मात्रै आफ्नाे पक्षमा पारेकाे छ ।
जारी विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार चिरप्रतिद्वन्द्वी भारत र इंग्ल्याण्ड भिड्दैछन् । प्रतियाेगिताकाे फाइनल खेल १३ नेभेम्बरमा मेलबर्नमा हुनेछ।