स्पेन । एक शुन्यले पछि परेको स्थिति उल्ट्याउँदै बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनाविरुद्ध २–१ काे जित निकालेकाे छ ।

खेलकाे छेटाैं मिनेटमा गार्सियाकाे गाेलमा ओसासुनाले अग्रता लिएकाे थियाे । पहिलाे हाफभरी १-० काे अग्रता जाेगाए पनि ओसासुनाविरुद्ध दाेस्राे हाफमा बार्सिलाेनाले दबाब सिर्जना गर्दै २ गाेल गर्न सफल भयाे ।

बार्सिलाेनाकाे जितमा पेड्रीले ४८औं र राफिन्हाले ८५औं मिनेटमा गरे ।

खेलको ३१औं मिनेटमा क्लबका मुख्य स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले रातो कार्ड सामना गर्दा बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । लेवान्डाेस्कीबाहेक ओसासुनाविरुद्धकाे खेलबाट सन्यास घाेषणा गर्ने याेजना बनाएका डिफेन्डर जेरार्ड पिकेले पनि राताे कार्ड पाएका थिए ।

बेन्चमा रहेका पिकेलाई म्याच रेफ्री जेसस गिल मान्जानाे राताे कार्ड देखाएका थिए । याेसँगै पिकेकाे बार्सिलाेना यात्रामा दुःखद पूर्णविराम लागेकाे छ ।

१० खेलाडीमा सीमित भएपनि जित निकाल्न सफल भएकाे बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ । रियलले १३ खेलबाट ३२ अंक छ । बार्सिलाेनासँग पराजय भाेगेकाे ओसासुना १४ खेलबाट २३ अंक सहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु