जर्मनी । बायर्न म्युनिखका सेनेगली फरवार्ड साडियो मानेले विश्वकपअघि चाेट बाेकेका छन् ।

गएराती वेर्डर ब्रेमनाविरुद्धकाे खेलमाकाे २०औं मिनेटमा मानेले घुँडाको चोट बोकेपछि मैदान छाडेसँगै उनकाे विश्वकप सहभागिता अन्याेलमा परेकाे छ ।

माने सम्मिलित सेनेगलले १३ दिनपछि विश्वकपमा पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । मानेको चोटसँगै सेनेगल दबाब परेकाे छ ।

माने दुई पटक अफ्रिकन फुटबल वर्ष खेलाडी बनिसकेका छन् । मानेको उत्कृष्ट प्रदर्शनमा सेनेगलले इजिप्टलाई पराजित गर्दै पहिलो पटक अफ्रिका कपको उपाधि जितेको थियो ।

सानेले चोट बोक्दै मैदान छाडेको खेलमा बायर्न म्युनिखले ब्रेमनालाई ६-१ अन्तरले पराजित गर्दै बुन्डेसलिगाकाे शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ । १४ खेल खेलेको बायर्नको ३१ अंक छ । दोस्रो स्थानको फ्रेइबर्गको १३ खेलबाट २७ अंक छ ।

बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गरे । यसैगरि, जमल मुस्लाला, लिओन गोरेट्जा, माथिस टलले एक एक गोल गरे । पराजित वेर्डरको लागि एन्थोनी जङले एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु