विराटनगर । कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ र ४ सीमास्थित ढाटमा दुईवटा मोटरसाइकल र कार ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प १९२७ र को ७ प ८२०७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनापछि अनियन्त्रित भएको मोटरसाइकल उत्तरतर्फ जाँदै गरेको बा ५ च २७५१ नम्बरको कारमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा १९२७ नम्बरको मोटरसाइकलका चालक सुनसरीको दुहवी नगरपालिका–१० का ३५ वर्षीय रिकेशराज ढकालको मृत्यु भएको छ । गम्भीर घाइते भएका ढकालको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा बुधबार बिहान ४ः१५ बजेतिर मृत्यु भएको उनले बताए ।

दुर्घटनामाा उक्त मोटरसाइकलको पछाडि सवार विराटनगर–३ का २५ वर्षीय नारायण बिहानी र अर्को मोटरसाइकलमा सवार विराटनगर–४ की ४५ वर्षीया फुलोदेव गडेरी घाइते भएका छन् । घाइतेको विराट शिक्षणमै उपचार भइरहेको छ । घाइतेमध्ये फुलोदेवीको अवस्था गम्भीर छ ।

दुर्घटनालगत्तै ८२०७ नम्बरको मोटरसाइकलका चालक फरार बनेका छन् । खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुईवटै मोटरसाइकल र कार तथा चालक दुहवी–५ का ४० वर्षीय रवि कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।
63
Shares
२३ कार्तिक २०७९, बुधबार ०८:१६