अन्टारियो । अमेरिकी मध्यावधि चुनावमा राष्ट्रपति जो बाइडेनले रिपब्लिकनको बहुमतले लोकतन्त्रमा असर पर्ने चेतावनी दिइरहँदा मत सर्वेक्षणले भने महँगीलाई देखाएर रिपब्लिकन पार्टीले सिट बढाउने प्रक्षेपण गरेका छन्।
निर्वाचनबाट आउने परिणामको परिदृश्यले बाइडेनको शासनको आगामी अवधिमा उनले गर्न सक्ने कामकारबाहीलाई धेरै प्रभावित बनाउनेछ। यस अवस्थामा, रिपब्लिकनहरूले बाइडेनको विधायिकी एजेन्डालाई विफल पार्न भरमजदुर प्रयास गर्नेछन्। उनीहरुले विभिन्न ससंदीय छानबिन सुरु गर्ने अपेक्षा गरिएको छ।
अफगानिस्तानबाट भद्रगोलपूर्ण सेना फिर्ती र राष्ट्रपतिका छोरा हन्टर बाइडेनको चीन र युक्रेनका व्यापारिक सम्झौताहरु अनुसन्धानका केही विषय हुन सक्छन्। त्यस्तै तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) मा रिपब्लिकन बहुमतले जनवरी ६ मा क्यापिटल हिलमा भएको आक्रमणको छानबिनलाई पनि गम्भीर असर गर्नेछ। छानबिन समितिमा फोन रेकर्ड बुझाउने टेलिकम कम्पनी अझ प्यानलका सदस्यमाथि नै जवाफी छानबिन सुरु गर्न सक्छन्।
नीतिगत रूपमा, रिपब्लिकनले बाइडेनका पहिलो दुई वर्षका केही प्रमुख उपलब्धिहरूलाई उल्टाउन प्रयास गर्नेछन्। तीनमा जलवायु खर्च, विद्यार्थी ऋण माफी र कर्पोरेट कर वृद्धि मुख्य निसानामा पर्न सक्छन्।
रिपब्लिकनको भावी सभामुखको रूपमा हेरिएका केभिन म्याककार्थीले रिपब्लिकन बहुमतको हाउसले युक्रेनलाई दिइँदै आएको विशाल अनुदान बन्द गर्ने पनि चेतावनी दिए।
रिपब्लिकन कसकी प्रमुख नेता हुने अपेक्षा गरिकी मार्जोरी टेलर ग्रिनले यसैतर्फ संकेत गर्दै आयोवाको एक ¥यालीलाई भनेकी थिइन्, ‘रिपब्लिकनको बहुमत आयो भने युक्रेनलाई एक पैसा पनि दिइनेछ। देशलाई पहिलो प्राथमिकता दिइनेछ।’ तर यस परिदृश्यम सिनेट डेमाक्रेटकै हातमा हुने हुदाँ मन्त्री तथा संघीय न्यायाधीशको चयनमा कुनै अवरोध हुने छैन।
सदनमा ध्रुवीकरण हुदाँहुँदै पनि बाइडेनले पछिल्ला दुई वर्ष केही मुद्दामा दुवै दलको सहमति जुटाउन सफल भए। चीनसँग प्रतिस्पर्धात्मक उत्पादनमा लगानी वृद्धि गर्ने, बन्दुक सुरक्षा, अवकाशप्राप्त सेनाको लागि स्वास्थ्यमा खर्च तथा पूर्वाधार आदीमा उनले विपक्षी रिपब्लिकनको पनि सहयोग हासिल गर्न सफल भए।
आगामी राष्ट्रपतीय चुनाव नजिकिँदै जाँदा रिपब्लिकनहरूले बाइडेनलाई सघाउने सम्भावना अत्यन्त न्यून हुनेछ। दुवै सदनमा रिपब्लिकनको बहुमतपछि कंग्रेस र ह्वाइट हाउसबीच नयाँ वैमनस्यता उत्पन्न हुनेछ। रिपब्लिकन–नियन्त्रित सिनेटले बिडेनको न्यायिक उम्मेदवार अनुदान ढिलो गर्ने वा रोक्न सक्नेछन्।
यसविपरीत, रिपब्लिकनले आप्रवासन, बन्दुक अधिकार तथा ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा खेल्नबाट प्रतिबन्ध लगाउने नियमहरू कडा पार्ने प्रयास गर्नेछन्। तीविरुद्ध बाइडेनले त्यसविरुद्ध राष्ट्रपतिको विशेष मत (भिटो) प्रयोग गर्ने निश्चित हुनेछ। तथापि रिपब्लिकनहरुले तिनको भावी नीति के हुने स्पष्ट गरेका छैनन्।
सिनेटमा रिपब्लिकन अल्पसंख्यक नेता मिच म्याकोनेलले यस्तो नीति खुलाउन अस्वीकार गरे। जसलाई देखाएर केही आलोचकले रिपब्लिकन पार्टी अब नीतिभन्दा पनि ट्रम्पको व्यक्तिपूजा वरिपरि लामबद्ध हुन थालेको आरोप लगाउने स्थितिमा पुगे।
तथापि नेसनल रिपब्लिकन सिनेटोरियल कमिटीका अध्यक्ष रिक स्कटले सिनेटमा पार्टीको बहुमत आएपछि अपनाइने १२ बुँदे योजना प्रकाशित गरेका छन्।
तीनमा हाल आय कर नतिर्ने न्यून आययुक्त अमेरिकीलाई कर तिर्न बाध्य पार्ने, मेडिकेयर तथा अन्य सामाजिक कल्याणका कार्यक्रम स्वतः सुचारु हुनेभन्दा हरेक पाँच वर्षमा तिनलाई सक्रिय बनाउनुपर्ने जस्ता बुँदा छन्।
त्यस्तै साउथ क्यारोलिनाका सिनेटर लिन्ड्से ग्राह्मले देशव्यापी १५ हप्ताका गर्भ तुहाउन रोकने विधेयक पेश गरेका थिए। रिपब्लिकनहरूसमेत विभाजित यस विधेयकलाई पुन दक्षिणपन्थी सिनेटरले मतदानमा राखे भने सिनेट डेमोक्र्याटहरूले यसविरुद्ध फिलिबस्टर गर्ने निश्चित हुनेछन्।
ह्वाइट हाउस भने अफगानिस्तान, हन्टर बाइडेन र अन्य लक्ष्यहरूमा हुने कङ्ग्रेसनल अनुसन्धानको प्रतिरक्षामा उत्रिन बाध्य हुनेछ।
तल्लो सदन र सिनेट दुवै डेमोक्रेटकै हातमा रहिरहने : यो परिदृश्य उत्पन्न भए ठूलो आश्चर्य हुनेछ। यो ऐतिहासिक प्रवृत्तिविरुद्ध पनि हुनेछ र मतसर्वेक्षणकर्ताले तिनको प्रणालीमा साँच्चै खोट रहेकोमा पुनरमुल्याकंन गर्नुपर्ने स्थिति आउनेछ।
डेमोक्रेटिक जितले बाइडेनलाई उनको बृहत्तर एजेन्डा लागू गर्ने जनादेश दिनेछ, जसले उनलाई फ्याङ्लिन डी रुजबेल्ट र लिण्डन बी जोनसनको हाराहारीमा खडा गरिदिनेछ। बाइडेनले डेमोक्र्याटहरूले दुवै सदनको बहुमत हासिल गर्यो भने गर्भपतनलाई संवैधानिक अधिकार दिलाउने, समलिङ्गी विवाह तथा मताधिकार अधिकारलाई राष्ट्रिय सुरक्षा दिन प्रयास गर्ने बताएका छन्।
राष्ट्रपति बाईडेन बन्दुकहरुमाथि थप प्रतिबन्ध लगाउन चाहन्छन्, जसमा उनी असोल्ट बन्दुकलाई पुरै प्रतिबन्ध लगाउन चाहन्छन्। साथै बाइडेन उनको ‘बिल्ड ब्याक बेटर एजेन्डा’का वातावरणीय मुद्दालाई पुनः पुनरुत्थान गर्न खोज्ने सक्छ।
त्यस्तै प्रहरीको जातीय भेदभावलाई सम्बोधन गर्ने अर्को प्रयास सुरु हुनसक्छ। केही डेमोक्र्याटहरूले ट्रम्पलाई सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुनबाट रोक्ने कानूनको मस्यौदा तयार गरिरहेका छन्। जनवरी ६ को विद्रोहको उक्साहटमा संलग्ताका कारण उनलाई यसो गर्न सकिने तिनको विचार छ।
तर यी सबै सुधारका लागि डेमोक्रेट्सको बहुमत कति ठूलो छ भन्ने कुराले पनि निर्धारण गर्छ। यदि झिनो बहुमत छ भने वेस्ट भर्जिनियाका रूढिवादी डेमोक्र्याट जो मन्चिन र एरिजोनाका किस्र्टन सिनेमाले पहिलेजस्तै राष्ट्रपतिको महत्वाकांक्षालाई निराश पार्न सक्ने ‘गार्जियन’ ले उल्लेख गरेको छ।