गुगल नक्सा
विराटनगर । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ अँधेरीका ३५ वर्षीय राजेन्द्र राईले सोमबार राति दुई वर्षीया छोरी ऋतिका राईको हत्या गरेका छन् ।श्रीमती २१ वर्षीया उषा राईलाई कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ। उषाको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका राई र श्रीमती उषाबीच विवाद भएको थियो । त्यही क्रममा विवाद चर्किएपछि उनले श्रीमतीमाथि आक्रमण गरेका थिए ।प्रहरीका अनुसार आक्रमण गर्न थालेपछि छोरी लिएर भाग्न खोजेकी श्रीमतीबाट उनले छोरी खोसेका थिए । श्रीमती भने भागेकी थिइन् । घटनास्थलमा प्रहरी पुग्दा छोरी मृत अवस्थामा भेटिएकी थिइन् ।
हातमा खुकुरी बोकेर घरभित्रबाट सबैलाई आक्रमणको प्रयास गरेका राईले आफ्नै टाउकामा पनि खुकुरी प्रहार गर्दा घाइते भएका छन् । उनको ओखलढुंगा सामुदायिक अस्पतालमै उपचार भइरहेको छ ।