नेपालमा उद्योगधन्दा खोल्ने भनेर उद्योग विभागबाट लगानी स्वीकृत गराई व्यावसायिक भिसा लिने तर लगानी नगर्नेहरूलाई निरूत्साहित गर्न व्यावसायिक भिसा सिफारिसमा कडाइ गर्न लागिएको हो ।
उद्योग विभागले व्यावसायिक भिसा सिफारिसलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै भिसा सिफारिसमा केही नयाँ व्यवस्था गरेको छ ।यसले व्यावसायिक भिसालाई वास्तविक लगानीसँग आबद्ध गर्न सकिने विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् ।
कतिपय विदेशी नागरिकमा नेपालमा वास्तविक लगानी गर्नु नभइ केही समय बसोवास गर्ने र भिसाको म्याद सकेर गन्तव्यमा फर्किने मनसाय देखिएको उनको भनाइ छ । (‘आर्थिक अभियान’ बाट)