अप्पन विराटगढ परोपकार समाजद्वारा आयोजित उक्त कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ (ख) का प्रदेशसभा सदस्य पर्शुराम बस्नेत, यही क्षेत्रका प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित र वडा १२ का वडा अध्यक्ष हिरालाल कामत लगायत सहभागी भएका थिए ।

सामा चाकेवा दाजु–वहिनीको सम्बन्ध सुढृढ गर्ने महत्वपूर्ण चाड रहेको वडा अध्यक्ष हिरालाल कामतले बताए । मैथिली समुदायका महिलाहरुले यो चाड १० दिनसम्म मनाउँछन् । बिहानै सामूहिक रुपमा गीत गाउने र दाजु–भाईको दीर्घजीवनका लागि प्रार्थना गर्ने चलन छ ।
प्रमुख अतिथिका रुपमा सहभागी भएका बस्नेतले मैथिली समाजका सम्पूण महिलाहरु आफ्नो दिदी हुन् भन्दै मंसिर ४ को निर्वाचनमा भाईलाई निरास नबनाउने धारणा व्यक्त गरेका थिए ।