-आईसीसी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई अक्टोबर महिनाका लागि ‘प्लेयर अफ द मन्थ’ घोषित गरेको छ । महिलातर्फ एसिया कपमा पाकिस्तानको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने निदा डारलाई ‘प्लेअर अफ द मन्थ’ को अवार्ड दिइएको छ ।

मिडियाका प्रतिनिधि, आईसीसी हल हफ फेम, अन्तर्राष्ट्रियस्तरका पूर्वखेलाडी र आइसीसीको अनलाइनमा प्रशंसकहरूले गर्ने भोटका आधारमा कोहली र डार विजेता घोषित भएका हुन् ।

कोहलीले दक्षिण अफ्रिकाका डेभिड मिलर र जिम्बावेका सिकन्दर राजालाई पछि पारेका हुन् । निदा डारले भारतकी दिप्ती शर्मा र भारतकै जेमिमा रोड्रिगेजलाई पछि पारेकी हुन् । कोहलीले दुई सय पाँच रन बनाएपछि प्लेअर अफ द मन्थ घोषित भएका हुन् । यस्तै निदा डारले छ खेलमा एक सय ४५ रन बनाउँदै आठ विकेट लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु