खोटाङको दिक्तेलबाट करिब २१ किलोमिटर दूरीमा रहेको रेग्मीटार आसपासमा फाइवर लिंकमा खराबी आएकाले टेलिफोन सेवा अवरुद्ध भएको नेपाल दूरसञ्चार कार्यालय खोटाङले जनाएको छ ।
टेलिकमका सबै सेवा अवरुद्ध हुँदा तीन जिल्लाका सर्वसाधारण समस्यामा परेका छन् । फाइवर लिंक मर्मतका लागि टोली पठाइसकिएको दूरसञ्चार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले बताए ।प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी कार्यक्रम भइरहेका बेला फोन अवरुद्ध भएपछि सम्पर्क र समन्वयमा बाधा पुगेको छ ।