-गुगल नक्सा ।

काठमाडौं । टर्कीमा आफ्नी गर्भवती श्रीमतीसँग सेल्फी खिचेको केही समयपछि उनलाई भीरबाट खसालेका एक पुरुषलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

सन् २०१८ को जुनमा टर्कीको मुग्ला प्रान्तको बटरफ्लाइ भ्यालीमा सेमरा आयसललाई उनका श्रीमान् हाकान आयसलले १ हजार फिट अग्लो भीरबाट धकेलिदिएका थिए ।

अदालतमा पेस गरिएको प्रमाणअनुसार हाकानले जीवन बीमा पोलिसी जुटाउनको लागि सात महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका थिए ।

हाकान आयसलले उचाइदेखि डराएकी आफ्नी श्रीमतीलाई सेल्फी खिच्ने बहानामा ३०४ मिटर अग्लो भीरको छेउमा लगेर धकेलिदिएका थिए ।

ती व्यक्तिले डरलाग्दो षड्यन्त्र गरेको र त्यसवापत पत्नीको तर्फबाट २५ हजार डलरको जीवन बीमा लिएको अदालतको फैसलामा उल्लेख छ ।

उनको मृत्युपछि ती व्यक्तिले तुरुन्तै बीमा दाबी गरेको न्युयोर्क पोस्टले जनाएको छ । उनकी श्रीमतीको मृत्युपछि उनको पोलिसीको एक मात्र लाभार्थी आयसलले उनको तर्फबाट जीवन बीमाको लागि आवेदन दिएका थिए । तर, प्रहरीले सेमराको मृत्युबारे अनुसन्धान घोषणा गर्दा निवेदन खारेज गरेको थियो ।

14
Shares
२१ कार्तिक २०७९, सोमबार ११:१२