एजेन्सी । विमान दुर्घटनामा परेर तान्जानियामा कम्तिमा १९ जनाको मृत्यु भएको छ।

४३ जना यात्रु सवार रहेको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । आँधीसहितको खराब मौसमका कारण लेक भिक्टोरियामा विमान दुर्घटना भएको बीबीसीले जनाएको छ।

दर ए सलामबाट उडेको विमान लेकसाइड सहर बुकोबामा अवतरण गर्ने प्रयास हुँदै गर्दा दुर्घटनाग्रस्त बनेको हो । उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकालेका छन्।

प्रिसिजन एअर तान्जानियाको प्रमुख निजी वायुसेवाको विमान दुर्घटना भएपछि एकजना उडान परिचरले पछाडिको ढोका खोलेपछि यात्रुलाई बच्न सफल भएको उनीहरूले बताएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। उद्धार कार्यकर्ताहरूले मानिसहरूलाई डुङ्गामा चढ्न सघाइरहेको भिडियो सामाजिक सञ्जाल र मिडियामा देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु