कृतिमाथि समालोचक भूषण ढुङ्गेल, सीमा आभासले समीक्षात्मक टिप्पणी गरेका थिए ।
उपन्यास हाम्रै समाजको प्रतिचित्र रहेको र यसमा कल्पनाभन्दा बढी यथार्थ रहेको विचार समीक्षक र स्रष्टाहरुको थियो ।कार्यक्रम समालोचक दधिराज सुवेदीको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आमन्त्रित अतिथिहरूको स्वागत कवि दिङलाली कान्छो र सञ्चालन प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले गरेका थिए । समारोहमा साहित्यकारहरुको बाक्लो उपस्थिति थियो ।