वडाध्यक्ष राम पोखरेलका अनुसार सडक विस्तार गर्ने क्रममा मापदण्ड विपरीत बनेका संरचना हटाउन थालिएको हो । १० फिट चौडाईको बाँके बिहारी मार्गलाई नालासहित २० फिटको बनाउन लागिएको उनले बताए ।
यसअघि सडक विस्तारका लागि रेखाङ्कन गरिएको थियो । त्यसैअनुसार सडकको क्षेत्रमा बनाइएका संरचना हटाइँदै गरेको जनाइएको छ ।त्यस्ता संरचना हटाएर एक महिनाभित्र उक्त सडक कालोपत्रे गरिने भएको छ । आइतबारदेखि १२० मिटर लम्बाईको उक्त सडक फराकिलो पारिँदैछ ।
कालोपत्रे गर्ने जिम्मा सुमिसा निर्माण सेवाले पाएको छ । ४३ लाखको बजेटमा वडा ५, ६, ७ र ८ को विभिन्न चारवटा प्याकेजमा काम भइरहेको कम्पनीले जनाएको छ ।नाला बनाउन वडा कार्यालयबाट १० लाख र सडक कालोपत्रेका लागि महानगरको सडक बोर्डबाट ७ लाख बजेट विनियोजन गरिएको पोखरेलले बताए ।