बेलबारी । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्माले पार्टीमा कुनै आन्तरिक समस्या नरहेको दाबी गरेका छन् ।

पत्रकारहरूसँग आइतबार कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध व्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने बताए ।

‘पार्टीले आधिकारिक उमेद्वार बनाएपछि लोकतान्त्रिक पार्टीको सदस्य बनेर म मान्दिन भन्न मिल्दैन’ उनले भने, ‘पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भयो । लोकतन्त्रको अभ्यासमा प्रतिस्पर्धा हुन्छ । कोही हार्छन्, कोही जित्छन् । हामी कहाँ पनि त्यही भयो । तर, हार्दैमा अवसर सकिने र जित्दैमा सबै अवसर उसैले पाउने होइन ।’

आफूले सयौं विद्यार्थीलाई निःशुल्क पढाएको भन्दै उनले तीमध्ये कतिपय डाक्टर र स्वास्थ्य प्राविधिक बनेको सुनाए । सिकिस्त अवस्थामा बिरामी परेकाहरुको निःशुल्क उपचार गरी सहयोग गरेको पनि उनले बताए ।

यस्तो सहयोग गर्दा आफूले राजनैतिक पूर्वाग्रह र आग्रह नराखेको शर्माले बताए । मोरङका विभिन्न गाउँमा बिरामीलाई सजिलोका लागि एम्बुलेन्स पुर्याएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु