अस्ट्रेलिया । बंगलादेशलाई ५ विकेटले पाखा लगाउँदै पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेकाे बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २७ रनकाे सामान्य लक्ष्य दिएकाे थियाे ।
बंगलादेशका लागि नज्मूल हुसेन शान्टाेले सर्वाधिक ५४ रनकाे याेगदान दिए पनि त्याे जितका लागि अपर्याप्त रह्याे ।
पाकिस्तानका सहिन शाह अफ्रिदीले चार विकेट लिँदै बंगलादेशका ब्याटरलाई राेक्न सफल भए ।
जवाफी ब्याटिङमा उत्रिएकाे पाकिस्तानकाे सहज जितका लागि माेहम्मद हरिसले उत्कृष्ट पारी खेल्दै जित निश्चित गरे । १८ बलकाे सामना गरेका उनले २ छक्का र एक चाैकाकाे मद्दतममा ३१ रन बटुले ।
हरिसबाहेक पाकिस्तानका लागि ओपनर माेहम्मद रिजवानले ३२ र कप्तान बाबर अजामले २५ रनकाे याेगदान दिए ।
बंगलादेशका नसुम अहेमद, सिकब अल हसन, मुस्ताफिजुर रहमान र इबाडट हुसेनले एक-एक विकेट लिए पिन जितका लागि अपर्याप्त रह्याे ।
पाकिस्तानलाई अन्तिम चारमा प्रवेशका लागि आइतबार बिहान सम्पन्न नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाकाे खेलले ठूलाे सहयाेग गरेकाे थियाे ।
विश्वकप दाबेदार मानिएकाे दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएपछि पाकिस्तानकाे सेमिफाइनल प्रवेश सहज भएकाे थियाे ।
पाकिस्तान र बंगलादेशबीचकाे खेल सकिएसँगै अस्ट्रेलियामा जारी टी२० विश्वकपकाे सेमिफाइनल पुग्ने चार राष्ट्रकाे टुङ्गाे लागेकाे छ ।
सुपर १२ अन्तर्गतकाे समूह ‘ए’बाट न्यूजिल्यान्ड र इंग्ल्यान्ड र समूह ‘बी’बाट भारत र पाकिस्तान अन्तिम चारमा प्रवेश गरेका छन् ।