नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको जनाएको छ ।
गत साता शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार १०० र तेजाबी सुन ९२ हजार ६०० रूपैयाँमा काराेबार भएकाे थियाे ।त्यस्तै, आइतबार चाँदीको मूल्यमा समेत भारी वृद्धि भएकाे छ ।
महासंघले आइतबार एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।