२१औं मिनेटमा थियो हर्नान्डेजको गोलमा मिलानले अग्रता लिएको थियो । ५९औं मिनेटमा ड्यानियल माल्डिनीले गरेको गोलमा स्पेजिया खेलमा फर्किएको थियो ।
तर खेल सकिन एक मिनेट बाँकी रहँदा ओलिभर जिरौउडले गरेको गोलमा मिलानले तीन अंक पक्का गर्दै दोस्रो स्थानमा उक्लिएको हो । जिरौउडले ८३औं मिनेटमा पहिलो पहेँलो कार्डको दर्शन गरेका थिए । गोल पछि समेत उनले पहेलो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो ।मिलान १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो । जुन शीर्ष स्थानको नेपोलीभन्दा ६ अंक कम हो ।