भारत । ‘भारतको पहिलो मतदाता’ भनेर चिनिने श्याम शरण नेगीकाे १०५ वर्षको उमेरमा निधन भएको छ ।
नेगी बेलायती शासनबाट भारत स्वतन्त्र भएपछि सम्पन्न पहिलो आम चुनावमा मतदान गर्ने पहिलो व्यक्ति मानिन्छन्।
नेगीले त्यसयता हरेक चुनावमा मतदान गरेका छन् । नेगीले शनिबार आफ्नो मृत्यु हुन तीन दिनअघि हिमाचल प्रदेशको विधानसभा चुनावमा मतदान गरेका थिए।
उनकाे सम्मानमा १२ नोभेम्बरको चुनावअघि निर्वाचन आयोगका अधिकारीहरूले नेगीको लागि रातो कार्पेट बिछ्यााएर मतदान केन्द्रमा स्वागत गरेका थिए ।
सेवानिवृत्त शिक्षक नेगी स्वतन्त्र भारतमा मतदान गर्ने पहिलो व्यक्ति मानिन्छन् किनभने उनको राज्यले भारी हिउँबाट बच्न सन् १९५२ को चुनावको लागि पाँच महिना पहिले मतदान केन्द्रहरू खोलेको थियो ।
परिणाम स्वरूप भारतीय राष्ट्रिय कांग्रेस त्यस निर्वाचनमा विजयी भएकाे थियाे र जवाहरलाल नेहरू ब्रिटिश औपनिवेशिक शासनको लगभग १०० वर्ष पछि भारतको पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री बनेका थिए।