काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको ‘तेस्रो मिसेस नेपाल युनिभर्स’ प्रतियोगिता यसपालि हुने भएको छ । बेलायतमा हुने प्रतियोगिताको तयारी सुरु भएको आयोजकले जनाएको छ ।

लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिला बीचको सौन्दर्य प्रतियोगिताको ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ ।

आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठका अनुसार मिसेस नेपाल युनिभर्स विजेताले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने छन् ।

आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षण सुरु हुँदैछ । प्रतियोगितामा कुनै पनि देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएको छ ।

विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रुपमा गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु