काठमाडौं । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

ढाकामा शनिबार भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन् । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७–० गोल अन्तरले हराएको थियो । बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

बंगलादेशले पहिलो खेलमा भुटानलाई ८–० गोल अन्तरले हराएको थियो ।

नेपालले बुधबार भुटान र शुक्रबार पुनः बंगलादेशसँग खेल्नेछ ।  च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु