काटमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज आइतबार दुईवटा खेल हुँदैछन् । समूह ‘बी’ को प्रदेश १ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ ।
प्रदेश १ र लुम्बिनी बीचको खेल कीर्तिपुर मैदानमा हुनेछ । गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश १ रहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।
उपविजेताले ५ लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन् ।