इटहरी । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको रामधुनी नगरपालिका–१ शिव चोकमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वतर्फ आउँदै गरेको को १ ख ४५४२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ४२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शनिबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक इनरुवा नगरपालिका–९ का २७ वर्षीय रोहित शर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक सिरहाको धनगढीमाई नगरपालिका–९ का ३३ वर्षीय विजयकुमार योन्जनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु