विराटनगर । भारतीय स्टार क्रिकेटर विराट कोहलीले एसिया कप २०२२ मा अफगानिस्तानविरुद्ध एक सय २२ रन बनाएर आफनो जीवनको ७१औं सतक बनाए । लामाे पर्खाइपछि बनेकाे उक्त शतकपछि काेहली हाल निकै फर्ममा छन् ।
उनै काेहलीको आज ३४औं जन्मदिन हो । उनको जन्म सन् १९८८ को नोभेम्बर ५ मा नयाँ दिल्लीको पञ्जाबी परिवारमा भएको हो । उनका बुवा प्रेम कोहली वकिल थिए भने आमा सरोज कोहली गृहणी थिइन् ।कोहली २००६ को डिसेम्बरमा कर्नाटकविरुद्ध खेल्थे । १६ डिसेम्बरमा दिन उनका बुवाको हृदयाघातबाट निधन हुँदा उनी क्रिकेट खेलिरहेका थिए । त्यस म्याचमा ९० रन बनाएर आउट भएपछि बुवाको कर्म गर्न गएका थिए ।
कोहली आफ्नो डेब्युका क्रममा शतक बनाउने पहिलो भारतीय खेलाडी बन्नुका साथै क्रिकेट लगायत भारतमा फुटबलको विकासका निमित्त सन् २०१४ मा इण्डियन सुपर लिगको को–अनर भएका थिए ।उनी टेन्निस्, जिम्स्, बच्चाको बौद्धिक विकासका लागि लगानी जोडिँदै आएका छन् । कोहलीले जनचेतनाका लागि समाजिक सञ्जालमा सक्रिय हुन्छन् भने कतिपय फिल्ममा अतिथि भूमिकामा अभिनय पनि गरेका छन् ।
भारतीय राष्ट्रिय क्रिकेट टिमका र रोयल च्यालेन्जरका बैँगलोरका पूर्वकप्तान कोहलीले २४ हजारभन्दा बढी रन बनाएका छन् ।
कोहलीकाे विशेष दिनमा भारती क्रिकेटर, सञ्चार माध्यम, क्रिकेटका प्रशंसक, उनका फ्यानहरुले रमाइला खाले फोटो सहित जन्म दिनको शुभकामना दिएका छन् ।
कोहलीले भने मेलबर्नमा आफ्ना प्रशंसकमाझ जन्म दिन मनाएका छन् । टी२० विश्वकप २०२२ मा आइतबार जिम्बावेविरुद्ध भारतको खेल छ । ३४ वर्षीय कोहलीले यस सिरिजको चार म्याचमा २२० रन बनाएका छन् । उनी जारी विश्वकपमा सर्वाधिक धेरै रन बनाउने खेलाडी समेत हुन् ।
दमदार ब्याटसम्यान, क्रिकेटप्रति लगाव र परिपक्कता जस्ता गुणले उनी आजको दिनमा फोर्ब्सका अनुसार विश्वका ६६औँ धनी खेलाडी हुन् ।
भारतको प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सन् २०१७ मा सम्मानित भएका कोहली विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका छन् । भारतीय प्रसिद्ध अभिनेत्री अनुष्का शर्मासँग प्रेम विवाह गरेका विराट दम्पतीको एक छोरी छन् ।
–प्रशिक्षार्थी (एजेन्सीहरुको सहयोगमा)