नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा संशोधन गरेर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चित गरेको हो ।
अब कम्पनीहरूले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नुभन्दा अघि १५ दिनको अवधि तोकेर वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्रस्ताव आह्वान गर्नुपर्नेछ ।वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओ भर्दा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स बचत खाताबाट मात्रै भुक्तानी गर्न पाइने जनाइएको छ ।
त्यस्तो खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको देशबाट जम्मा गरेको हुनुपर्नेछ ।विदेशबाटै आईपीओ भर्नका लागि आस्वा सदस्य बैंक अथवा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सम्बन्धित व्यक्तिलाई सीआरएन नम्बर उपलब्ध गराउनुपर्ने निर्देशिकामा उल्लेख छ ।
यसले गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंक खाता बढ्ने, खातामा पैसा बचत हुने र फजुल खर्च कम हुने सरकारको अपेक्षा छ ।