खानको खुट्टामा गोली लागेको जनाइएको छ । उनलाई उपचारका लागि लाहोर लगिएको छ ।
पीटीआईका नेता यास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन् । हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन् ।अधिकारीहरूका अनुसार तीनदेखि चारजना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ । गोली उनले नै चलाएको हो या कसले भन्नेबारे पुष्टि नभएको प्रहरीले जनाएको छ ।