कैलाली । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरू गरिएको छ ।

बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो । यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो ।

सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घरधनीलाई पत्राचार गरेको थियो । तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो ।

संरचना हटाउन कार्यस्थलमा पुगेकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताइन् । बुधवारबाट सुरू भएको अभियानलाई निरन्तरता दिइने उनले बताएकी छिन् ।

धनगढीमा डाेजर २

मापदण्ड विपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापी रुपमा बढ्दै गइरहेको छ । यसअघि काठमाडौं, पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनहरुमा डोजर चलाएको थियो ।

14
Shares
१७ कार्तिक २०७९, बिहीबार १२:०३