विराटनगर । निर्वाचन आयोगले एक सयवटा मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । आयोगले एक सय वटा अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको हो ।
यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री दिइने भएको छ ।
यसैगरी, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्विलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिने भएको आयोगले जनाएको छ ।