नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । नेपाली टोली आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छ ।
पहिलो खेलमा बंगलादेशसँग ८–० अन्तरले पराजित भएको भुटान पनि आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।