संगठनका अध्यक्ष सुयश प्याकुरेल, संघका अध्यक्ष नवीन रिजाल, परिसंघका अध्यक्ष भीम घिमिरेलगायत पदाधिकारी र कार्यसमिति सदस्यहरु सम्मिलित प्रतिनिधि मण्डलले अहिलेको समस्याले उद्योगहरुमा गम्भीर संकट आएकाले तत्काल समाधान खोज्न आग्रह गरेको छ ।
गर्भनर अधिकारीले उद्योगको समस्या प्रति नेपाल राष्ट्र वैंक गम्भीर रहेको जनाउदै सम्पूर्ण वित्तीय व्यवस्थामा सन्तुलन कायम गर्दै वर्तमान समस्या क्रमशः समाधान गर्दै जाने आश्वासन दिएको उद्योगी व्यवसायीले बताएका छन् ।तीनै संस्थाका तर्फबाट संयूक्त रुपमा तयार पारि गर्भनर समक्ष प्रस्तुत गरिएको वित्तिय तरलता अभाव तथा ब्याज बृद्धिका कारण औद्योगिक क्षेत्रमा परेको असर र समाधान गर्नुपर्ने उपायहरु सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।