ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–२ बांगे खोलानजिक सडकमा रोकेर राखेको सृजनशील कन्सट्रक्सन प्रा.लिको बा ३ ख ४३०६ नम्बरको स्काभेटरमा कात्तिक १४ गते राति आगजनी गरिएको थियो । माझीटार–हिलेछाप सडकखण्ड मर्मतमा प्रयोग गरिँदै आएको स्काभेटर आगोले जलेर पूर्ण रूपले क्षतिग्रस्त बनेको छ ।
सोही स्काभेटरमा आगजनी गर्ने चिशंखुगढी–१ का २९ वर्षीय तुलसीराज अधिकारीलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । प्रहरी चौकी खानीभञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले अधिकारीलाई चिशंखुगढी–१ सुर्केटारबाट बुधबार बिहान पक्राउ गरेको हो ।अधिकारका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।