नवलपरासीका स्थायी बासिन्दा सुमन विगत केही वर्षदेखि इशासँग प्रेम सम्बन्धमा थिए । काठमाडौंकी इशा अध्ययनकाे सिलसिलामा अस्ट्रेलिया पुगेकी थिइन् ।
एन्फा एकेडेमीका उत्पादन अर्याल नेपालको यु १८, यु १९, यु २३ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल खेलाडी हुन् ।अस्ट्रेलिया जानु अघिसम्म राष्ट्रिय टाेलीका नियमित सदस्य रहेका अर्यालले नेपाली जर्सिमा पछिल्लाे पटक असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए ।
हाल अस्ट्रेलिया पुगेका सुमन कात्तिक ३० मा दशरथ रङ्गशालामा पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि भने उपलब्ध हुने छैनन् ।