काठमााडाैं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकमा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रुपैयाँको फलफूल भित्रिएको छ ।

२०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको फलफूल नेपालमा भित्रिएको भन्सार विभागले बताएकाे हाे ।

विभागका अनुसार बितेका तीन महिनामा नेपालले कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रुपैयाँको फलफूल आयात गरेको छ ।

उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रुपैयाँको केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रुपैयाँको भुइकटहर नेपाल भित्रिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ४९ लाख ८ हजार रुपैयाँको ५१ हजार १९० केजी एभोकार्डो, १८ करोड ७४ लाख रुपैयाँको आँप र अम्बा, १७ करोड ४ हजार रुपैयाँको २३ लाख २४ हजार २८३ केजी कागती र ११ करोड ८ लाख १४ हजार रुपैयाँको खरबुजा नेपाल भित्रिएको छ ।

यस्तै १० करोड ८० लाख १५ हजार रुपैयाँको ३० लाख ५३ हजार ४७४ केजी मेवा, २ अर्ब २४ करोड ९६ लाख ३९ हजार रुपैयाँको स्याउ र २९ करोड ७६ लाख ५६ हजार रुपैयाँको २८ लाख ७१ हजार १७६ केजी अनार पछिल्लो तीन महिनामा नेपालले आयात गरेको विभागले जनाएको छ ।

42
Shares
१६ कार्तिक २०७९, बुधबार १२:१३