विराटनगर । भारतले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा २० प्रतिशत भन्सार शुल्क लगाउने भनिएको थियो ।
भन्सार शुल्क हटाइएपछि अब नेपालमा चामल केही सस्तो हुने अनुमान गरिएइको छ । भारत सरकारको राजस्व विभागले सूचना जारी गर्दै नेपालका लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो ।
भारत सरकारले भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो ।
सूचना जारी भएदेखि नै वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघले नेपाल तथा भारतका सम्बद्ध निकायहरूमा नेपालको लागि धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क शून्य बनाउन पहल गर्दै आएका थिए ।