विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ मा करेन्ट लागेर मंगलबार साँझ एक जना युवकको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–६ का ३० वर्षीय राम मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार बूढीगंगा–२ मा घर निर्माणका लागि बाँस काट्ने क्रममा मण्डललाई करेन्ट लागेको थियो ।
काटेको बाँसले ११ हजार भोल्टको हाइटेन्सन लाइनमा छुनसाथ करेन्ट लागेर उनी गम्भीर घाइते भए । उपाचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल भर्ना गर्नसाथ चिकित्सकले साँझ ५ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ ।