काठमाडौं । ‘भेरिफाइड एकाउन्ट’ का लागि नामसँगै ‘ब्लू टिक’ चाहनेहरूले ट्वीटरलाई मासिक ८ डलर तिनुपर्ने भएको छ ।
४४ अर्ब डलरमा सामाजिक सञ्जाललाई किनेका विश्वकै धनाढ्य एलन मस्कले कम्पनीमा विभिन्न परिवर्तन गर्ने क्रममा यस्तो व्यवस्था गर्न लागिएको जनाएका छन् ।
‘स्पाम र स्क्याम’ बाट सुरक्षित रहने यस्तो गर्नुपरेको मस्कको भनाइ छ । ‘हाईप्रोफाइल’ व्यक्तिहरूको एकाउन्ट ‘युजरनेम’ अघि राखिने ‘ब्लू टिक’ अहिलेसम्म निःशुल्क थियो ।
मस्कले पैसा तिर्ने प्रयोगकर्ताहरूलाई रिप्लाई र सर्चमा पनि प्राथमिकता दिइने बताएको बीबीसीले उल्लेख गरेको छ ।
‘जनतालाई शक्ति १ ८ डलर प्रतिमहिनामा ब्लू’ मस्कले ट्वीटरमा भनेका छन् । उनले यसअघिको ब्लू टिकका लागि लागि गरिने प्रमाणीकरण प्रक्रियालाई ‘मालिक र दास प्रणाली भनेर आलोचनासमेत गरेका छन् ।
यसअघि प्रमाणीकरणका लागि ट्वीटरमा छोटो अनलाइन निवेदन दिनुपर्ने व्यवस्था थियो । फेक अकाउन्टलाई रोक्न कम्पनीले कदम नचालेको भन्दै मुद्दा परेपछि सन् २००९ मा कम्पनीले यो व्यवस्था लागू गरेको थियो ।