काठमाडाैं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।
उक्त घोषणापत्रकाे प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्याउने दाबी गरिएको छ ।
‘प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अंकमा पुर्याइनेछ’ घाेषणापत्रमा भनिएकाे छ, ‘नेपाली अर्थतन्त्रलाई विश्वकै उदीयमान अर्थतन्त्र बनाइनेछ ।’